दमक, असार ९ । दमक ६ मा मुख्य कार्यालय रहेको द एभरेष्ट बचत तथा ऋण सहकारी संस्था आफ्नै नयाँ भवनमा स्थानान्तरण भएको छ ।

दमक ५ स्थित बेलडाँगी रोडको सुविधासम्पन्न नयाँ भवनमा बुधबारदेखि औपचारिक रुपमा सहकारी स्थानान्तरण गरिएको सचिव ज्ञाननाथ पौडेल ( ज्ञानु ) ले बताएका छन् । यसअघि संस्था दमक ६ स्थित थानारोडको एक घरमा भाडामा सञ्चालन हुँदैै आएको थियो ।
नयाँ कार्यालय भवनको संस्थाका अध्यक्ष दिपक खरेल र दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
२०६८ सालमा स्थापना भएको सो सहकारीले दुई दिनपछि आफ्नै भवनबाट सम्पूर्ण सेवा सुरु गर्ने अध्यक्ष खरेलले बताए । भवन उद्घाटनका कार्यक्रममा अध्यक्ष खरेलले संस्था स्थापना भएको दश वर्षपछि आफ्नै भवनबाट सेवा शुरु गर्न सफल भएको बताए । पाँचतले भवनको पहिलो तलाबाहेक अन्य सहकारीको कामकाजमा प्रयोग आउने उनले जनाए ।
नयाँ भवन उद्घाटनमा आयोजित संक्षिप्त कार्यक्रममा संस्थाका उपाध्यक्ष रोशन गौतम, कोषाध्यक्ष यामजी श्रेष्ठ ,लेखा संयोजक राजकुमार न्यौपाने,पूर्व अध्यक्ष कृष्णप्रसाद तिम्सिना , सञ्चालक समिति,कर्मचारीहरुलगायतको उपस्थिति रहेको थियो ।
झापा जिल्लाभरि कार्यक्षेत्र रहेको सो सहकारीको मुख्य कार्यालयसहित केर्खा,सुरुङ्गा,बिर्तामोड र बुधबारेमा सेवाकेन्द्र सञ्चालनमा रहेको छ । संस्थाको शेयर पूँजी हाल ६ करोड ७६ लाख २१ हजार ,निक्षेप ५७ करोड २२ लाख ५० हजार ९९५ र ऋण लगानी ६० करोड २ लाख ४८ हजार २३० रहेको व्यवस्थापक नवराज बाँस्तोलाले जानकारी दिएका छन् । त्यस्तै सहकारीको जिल्ला सहकारी संघ,राष्ट्रिय सहकारी बैक,बचत तथा ऋण सहकारी संघ र नेफस्कुनमा गरी कुल २० लाख ३६ हजार लगानी समेत उनले बताए ।