कुमरखोद ,असार ११ । झापा गाउँपालिकाले २०७८–७९ सालको नवौं गाउँसभा सम्पन्न गरेको भोलिपल्ट पालिका अध्यक्ष जयनारायण शाहले शुक्रवार दुईवटा भवनको शिलान्यास गरेका छन् ।

पालिकाभवन शिलान्यास

उनले एउटा आफ्नै पालिकाको भवन र अर्को दश शैय्या अस्पताल भवनको शिलान्यास गरेका हुन् ।
झापा गाउँपालिकाले वडा नं ३ मा गाउँपालिकाको भवन र दश शैय्याको अस्पताल बनाउन लागेको हो । गाउँपालिका भवन बनाउनका लागि कामाटोलीका चारजना दाताहरुले निशुल्क जग्गा प्रदान गरेका छन् । दाताहरु नगेन्द्रप्रसाद राजवंशीले १० कठ्ठा ५ धुर , हरिप्रसाद राजवंशीले १ कठ्ठा ५ धुर , निताई राजवंशीले ४ कठ्ठा र चित्रबहादुर श्रेष्ठले १ कठ्ठा गरी जम्मा १७ कठ्ठा जग्गा पालिकालाई दान दिएका हुन् । उक्त जग्गाको बजार मूल्य अहिले करोडौं रुपैयाँ रहेको छ । पालिकाले भवन निर्माण गर्नका लागि २९ प्रतिशत कम रेटमा ठेक्का लगाउन सफल भएको छ । एल.पी.एस.सिद्धकाली जेवी भद्रपुरले १ करोड ५६ लाख ८४ हजार ७०९ रुपैयाँमा ठेक्का पाएको हो । पालिकाको ७ हजार ५५८ वर्गमिटरमा पैmलिएको एकतले भवन १६ कोठाको बन्न लागेको हो । सिद्धकाली जेवी भद्रपुरले २०७८ असार ९ गते पालिकासँग सम्झौता गरी २०७९ असार ९ गते सम्पन्न गर्ने मिति रहेता पनि ठेकेदार कम्पनीका प्रतिनिधि मनोजकुमार खत्रीले उक्त भवन मंसीर मसान्तसम्म बनाई पालिकालाई हस्तान्तरण गर्ने बताए । पालिकाले आप्mनै आन्तरिक कोषबाट भवन बनाउन लागेको अध्यक्ष शाहले बताए । अध्यक्ष शाहले १८ लाख रुपैयाँ जिल्ला समन्वय समितिले सहयोग गर्ने जानकारी दिए ।

अस्पताल शिलान्यास

त्यसैगरी वडा नं ३ फुलगाँछीमा १० शैय्याको सुविधासम्पन्न अस्पताल बन्ने भएको छ । अस्पताल भवन बनाउनका लागि फुलगाँछी बस्ने तारानाथ तिवारी र उनकी श्रीमती बिश्वेसरी तिवारीले १ विगाह २ कठ्ठा जग्गा दान दिएका छन । संघीय सरकारको सहयोगमा १० शैय्याको सुविधासम्पन्न अस्पताल निर्माण गरिने अध्यक्ष शाहले बताए । शिवालय आर.एस.जेवी कम्पनी काठमाडौले ४ करोड २५ लाख ९ हजार ८८७ रुपैयाँमा ठेक्का पाएको हो । ठेकेदार शिवालय कम्पनीले झापा गाउँपालिकासँग २०७८ असार ९ गते सम्झौता गरी २०८० असार ९ गते सम्पन्न गर्ने मिति रहेता पनि ठेकेदार कम्पनी काठमाडौंका प्रतिनिधि रामहरि गौतमले १५ महिनाभित्र भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गरिने बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्