कुमरखोद , असार ११ । झापा गाउँपालिकाबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा गाउँपालिका वडा नं २ बालुवाटार बस्ने ३२ वर्षिय विशाल मर्डी रहेका छन् ।विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कुमरखोदबाट झापा बजारको लागि खटिएको प्रहरी टोलीले आज बिहान १०.३० बजे वडा नं २ झापा बजार क्षेत्रभित्रमा ती व्यक्तिलाई शंका लागेर चेकजाँच गर्दा पेन्टको गोजीमा पोलिथिनमा प्याक गरी राखेकोे ब्राउनसुगर ७ ग्राम ३०० मिलिग्राम भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्