झापा , असार १२ । बिरिङ खोलामा डुबेर अर्जुनधाराका एक ब्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अर्जुनधारा ३ बस्ने ४० वर्षिय राजकुमार खनाल रहेका छन् । अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिकाको सिमानामा पर्ने बिरिङ खोलाको मध्यभागमा उनकोे शव फेला परेको छ ।
अर्धनग्न अवस्थाको खनालको शव आज बिहान खोलाको भंगालोमा फेला परेको प्रहरी चौकी शनिश्चरेले जनाएको छ । उनको शव अर्जुनधारा र बुद्धशान्ति गाउँपालिका जोड्ने साधुटार–होक्से सडकखण्डमा पर्ने बिरिङ खोलामा फेला परेको हो ।मृतकको कम्मरमा डोरी बाँधिएको अवस्था छ । गएराति १० बजेसम्म खनाल आफ्नै घरमा रहेका थिए । राति कुन समयमा घरबाट हिडेको र डुबेर मृत्यु भएको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।