भद्रपुर, असार १२ । प्रदेश १ सरकारले एक लाख राशिको प्रादेशिक पत्रकारिता पुरस्कारबाट प्रदेश १ का ४ जना अग्रज पत्रकारहरूलाई पुरस्कृत गरेको छ ।

प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक कार्यक्रमको आयोजना गरी झापाका अग्रज पत्रकार गोविन्दचन्द्र क्षेत्री, गञ्जबहादुर दाहाल, उदयपुरका कौशल चेम्जोङ्ग र मोरङकी ललिता भट्टराईलाई जनही एक लाख नगदसहित पुरस्कृत गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शेरधन राईले दिगो विकासका लागि सञ्चार जगतको भूमिका महत्वपूर्ण हुने भन्दै लोकतन्त्र, संघीयताजस्ता परिवर्तनको संरक्षणमा नेपाली पत्रकारिताले निरन्तर खवरदारी गरिरहेकोमा खशी व्यक्त गरे ।
आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षता तथा प्रदेश १ का मुख्यमन्त्री राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रादेशिक सञ्चार प्रतिष्ठानका निर्देशक यज्ञराज शर्मा, नेपाल पत्रकार महासंघ प्रदेश १ अध्यक्ष लिलाबल्लभ घिमिरे, सम्मानित व्यक्तित्व गोविन्दचन्द्र क्षेत्रीलगायतले मन्तव्य राख्दै पत्रकारिता विकासका लागि सरकारी पक्षलाई नीतिगत व्यवस्थापनमा जोड दिन आग्रह गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्