बिर्तामोड , असार १३ । बिर्तामोडमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
बिर्तामोड ४ निवासी राजवंशी समुदायका ६४ वर्षिय पुरुषको मेची अस्पताल भद्रपुरमा मृत्यु भएको हो । विगत तीन दिनदेखि लगातार बिर्तामोडका कोरोना संक्रमितको मृत्यु हुँदै आएको छ । कोरोना संक्रमणका कारण बिर्तामोडमा हालसम्म ४१ जनाको ज्यान गइसकेको छ । त्यसमध्ये २८ जनाको नयाँ भेरियन्टबाट मृत्यु भएको हो ।




