झापा, असार १३ । झापाको गौरादह नगरपालिका ४ मैदानघुपाका एक दुई वर्षिय बालकको पानीमा डुबेर मृत्यु भएको छ ।

स्थानीय गोपाल भट्टराईका २ बर्षीय छोरा संयोग भट्टराईको पैनीमा डुबेर मृत्यु भएको हो । हिजो बेलुका साढे ६ बजे घर अगाडीको पैनीमा खेल्ने क्रममा अचानक डुबेर बेहोस भएका उनलाई उपचारको लागि बाबुआमाले गौरादहस्थित ममता मेडिकलमा लगेका थिए । उपचारका क्रममा उनको मृत्यु भएको हो । घटनाको जानकारी पाएलगतै ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटिएर अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्