झापा , असार १३ । मोरङ र खोटाङमा छोराले बाबुको हत्या गरेका छन् ।

मोरङको सुनवर्षी नगरपालिका–४ का दयालु ताजपुरियाले ६८ वर्षीय बाबु टिनलाल ताजपुरियाको हत्या गरेको मोरङ प्रहरीले जनाएको छ । सामान्य घरायसी विवादमा दयालुले सुतिरहेकै अवस्थामा ढुंगाले हानेर बाबुको हत्या गरेको मोरङका निमित्त प्रहरी प्रमुख डिएसपी मञ्जिल मुकारुङले बताए । घाइते ताजपुरियाको आज बिहान मृत्यु भएको हो । बाबुको हत्यामा संलग्न दयालुलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरेको छ ।
उता खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ सोल्माका २८ बर्षीय सुबर्ण राईले आफ्नै बाबुको हत्या गरेका छन् ।
आज बिहान पौने ५ बजे उनले आफ्नै बाबु ७२ बर्षीय चन्द्रबहादुर राईलाई गर्धनमा खुकुरी प्रहार गरी हत्या गरेका हुन् । खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी टोली खटि गई सुबर्णलाई सोही वडाको अल्छेढुंगाबाट पक्राउ गरेको १ नं प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्