झापा , असार १३ । भट्टराई कुल वंश प्रतिष्ठान दुवागढी–धाइजन शाखाले करिव २७ लाख रुपैयाँको लागतमा कुलेश्वर शिव पाञ्चायन मन्दिर निर्माण गरेको छ ।

मेचीनगर नगरपालिका वडा नं. १४ मा यज्ञकुण्ड, कूलदीप मन्दिर र शिवजीको मन्दिर स्थापना गरिएको हो । दुधा शाखाअन्तर्गतका भट्टराई बन्धुहरुद्वारा आर्थिक सहयोग संकलन गरी उक्त मन्दिर निर्माण गरिएको प्रतिष्ठानका अध्यक्ष रुद्र भट्टराईले जानकारी दिए । मन्दिर निर्माण गर्न स्थानीय समाजसेवीहरु श्रीकृष्ण भट्टराई , गोपाल भट्टराई र टीका भट्टराईले अढाई कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराएका थिए । मन्दिर परिसरमा सामुदायिक भवन समेत निर्माण गर्ने लक्ष्य लिएको झापा जिल्ला अध्यक्ष गंगाप्रसाद भट्टराईले जानकारी दिए । नवनिर्मित मन्दिरको शुक्रबार विशेष धार्मिक कार्यक्रमको आयोजना गरी प्राणप्रतिष्ठा गरिएको छ । मन्दिरका गजुर, घण्ट र अन्य सामग्रीहरु विभिन्न बन्धुबान्धवबाट प्रदान गरिएको छ। प्रतिष्ठानले यही असार १५ गते बिधिवत रुपमा कूलपुजाको आयोजना गर्ने जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्