झापा , असार १४ । झापामा कोरोना संक्रमणबाट दुईजनाको मृत्यु भएको छ । मृत्यु हुने एकजना जिल्लाका हुन् भने अर्का जिल्ला बाहिरका रहेका छन् ।

कनकाई नगरपालिकाकी ४२ वर्षिया महिलाको मेची अस्पतालमा मृत्यु भएको हो । त्यस्तै इलाम फिक्कलका २५ वर्षिय पुरुषको बिर्तासिटी हस्पिटलमा मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या झापामा ३४६ पुगेको छ । यसैबीच पछिल्लो चौबीस घण्टामा झापामा १८६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा ९७ जना महिला रहेका छन् । बिर्तामोडमा २२ महिलासहित ४२ जना , मेचीनगरमा २१ महिलासहित ४२ जना , दमकमा १३ महिलासहित २४ जना , अर्जुनधारामा ७ महिलासहित १८ जना ,बुद्धशान्तिमा १२ महिलासहित १८ जना ,गौरादहमा ४ महिलासहित ६ जना , भद्रपुरमा ३ महिलासहित ७ जना , कनकाईमा ४ महिला , हल्दिबारीमा ५ महिलासहित ८ जना , कचनकवलमा एक महिला , एक पुरुष , कमलमा एक पुरुष , शिवसताक्षीमा २ महिलासहित ६ जना , बाह्रदशीमा २ महिलासहित ४ जना , झापा गापामा एक पुरुष र ठेगाना नखुलेका एक महिलासहित ३ जना रहेका छन् । योसँगै झापामा कूल संक्रमितको सँख्या १५ हजार ७९३ पुगेको छ । पछिल्लो चौबीस घण्टामा ८५ जना निको भएर डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको सँख्या ११ हजार ७५४ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्