झापा , असार १६ । लेखक तथा साहित्यकार तेजराज खतिवडा(तेराख) को आज दिउँसो निधन भएको छ ।

मेचीनगर ९ धुलाबारी निबासी खतिवडाको आज दिउँसो १.२५ बजे बिराट नर्सिङ्ग होम विराटनगरमा उपचारका क्रममा निधन भएको हो । सिकिस्त अबस्थामा उनको एक सतादेखि त्यहाँ उपचार भइरहेको थियो । हिजोदेखि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।
प्रगतिशील साहित्यकार खतिवडाको २००१ साल बैशाख १ गते ततकालीन शान्तिनगर–४ इरौंटारमा जन्म भएको थियो । उनका आधा दर्जनबढी कृतिहरु प्रकाशित छन् । काव्य–कविताहरु प्रिया (खण्डकाव्य), प्रिय शान्तिनगर (खण्डकाव्य), अलपत्रेका फुलहरु (कविता संग्रह), पश्चिमी हवा,कथा संग्रहहरु सिमीको बोट , मेको प्रेम, निबन्धहरु ढाडेका नाकमा घिऊ, म आगो र पानीहरु, नाटकहरु अझै यहाँ उस्तै छ , टेस्टट्यूब बेबी, उपन्यासहरु रातको बार बजे, , सर्वजा , अवस्थल , वाङ्मयहरु महिलाहरुमा झापालीको सन्देश, गोल चिन्तन (विज्ञान दर्शन), खोजमा महानन्द दर्पण (भाषाशास्त्री महानन्दको परिचय) र मय विधाको प्रस्तावना उनका कृति हुन् । उनको निधनले साहित्य क्षेत्रमा अपूरणीय क्षति पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्