दुख !
किन बस्छौ मनभित्र ?
किन चुप छौं ओठभित्र ?
किन लुक्छौ आँखाभित्र ?
मलाई त बेस्मारी रुनु छ
आँशुको धारा बगाएर
गहँ भिजाउनु छ
मेरो यो जीवनबाट
सँधैको लागि निकाल्नु छ ।
तिमीलाई बिर्सेर
जीवनमा अघि बढ्नु छ ।
ए दुख !
हिउँले कठ्यांग्रिएको बेला जस्तो
किन गुम्सिन्छौ यो मनभित्र ?
मलाई त धेरै टाढा जानु छ
किन बन्छौ हरेक पलको मित्र ?
यहाँ सहँदा सहँदै
एक बारको जीवन बित्न लाग्यो
ए दुख !
अब त बुझेर खुरुक्क निस्क ।
(हाल अमेरिका)

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्