बिर्तामोड , असार १७ । रोटरी क्लब बिर्तामोड मिडटाउनको प्रेसिडेन्टमा दिनेशकुमार पोखरेल चयन भएका छन् ।

सन् २०२१ को लागि एक्सेल बैंकका सिइओ पोखरेल प्रेसिडेन्टमा चयन भएका हुन् । रोटरीको क्यालेन्डर अनुसार पोखरेलले आजदेखि पदभार सम्हाल्दैछन् । त्यसैगरी अन्य पदाधिकारीहरुमा प्रेसिडेन्ट इलेक्टमा सुमन शर्मा जमरकट्टेल, प्रेसिडेन्ट नोमिनीमा सिद्धार्थ नविन उप्रती, सेक्रेटरीमा गजेन्द्रबहादुर पौडेल,ज्वाइन्ट सेक्रेटरीमा पुष्पाञ्जली सिन्हा ठकुरी ,ट्रेजररमा राजीव जैन, टिज कोर्डिनेटरमा शरद जोशी ,आइटी अफिसरमा रोशन बुढाथोकी , सर्जेन्ट एट आम्समा शारदा रिजाल र जीपी पाण्डे , क्लब एडिटरमा लक्ष्मण अग्रवाल , क्लब मेन्टरमा होमबहादुर कार्की , ट्रेनिङ कोर्डिनेटरमा मिनु शिवाकोटी ,क्लब एडमिनिष्टे«शन चेयरमा मनोज अग्रवाल , मेम्वरसीप डाइरेक्टरमा जगत शर्मा , पब्लिक रिलेशन डाइरेक्टरमा सिजर राजभण्डारी ,सर्भिस प्रोजेक्ट चेयरमा राजेन्द्र अग्रवाल , टीआरएफ चेयरमा उदिम न्यौपाने , युथ सर्भिस कोर्डिनेटरमा गायत्री सुवेदी , रोट्रयाक्ट कोर्डिनेटरमा प्रियंका शर्मा , इन्टर्याक कोर्डिनेटरमा विवेक कोइराला , इनरह्वील कोर्डिनेटरमा अर्पना घिमिरे चयन भएका छन् । त्यस्तै १२ जना क्लब डाइरेक्टरहरु छानिएका छन् । रोटरी क्लव अफ बिर्तामोड मिडटाउनले सन् २०२० मा एकका लागि एक अभियानसँगको सहकार्यमा अक्सिजन बैंकको स्थापना , मनमोहन हस्पिटलमा डाइलोसिस मेशिन स्थापना , सोही अस्पतालमा मेडिकल भेन्टिलेटर स्थापना , क्लबलाई शतप्रतिशत पीएचएफ बनाउनेजस्ता महत्वपूर्ण काम गर्न सफल भएको निवर्तमान अध्यक्ष भेषराज भण्डारी प्रशान्तले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्