राजगढ , असार १८ । लगातार वर्षाका कारण बाह्रदशी गाउँपालिकाका दुई घर डुबानमा परेका छन् ।

बाह्रदशी वडा नं १ बोक्राझारीका घर डुबानमा परेका हुन् । हिमाली मार्ग छेउबाट बग्ने पैनीको पानीले ग्रहण राजवंशी र माताल मर्डीको घर डुबानमा परेको वडा सदस्य सुकुल मुर्मूले बताए । उनले हिजोदेखि लगातार परिरहेको मुसलधारे वर्षाका कारण बाह्रदशी १ का अन्य केही घरमा पनि पानी पसेको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्