राजगढ , असार १८ । खानेपानीको समस्या भएका पिछडा , सन्थाल र दलित समुदायका ७५ परिवारलाई बाह्रदशी गाउँपालिका ३ नं वडा कार्यालयले एक–एक थान फिल्टर वितरण गरेको छ ।

वडा कार्यालयको बजेटबाट पिछडा वर्गका २५ , सन्थाल समुदायका २५ र दलित समुदायका २५ गरी ७५ परिवारलाई फिल्टर वितरण गरिएको हो । वडा कार्यालयमा आज आयोजित कार्यक्रमका बीच वडाध्यक्ष विरेन्द्रप्रसाद राजवंशी , वडा सदस्यहरु जिवनाथ अधिकारी , लक्ष्मी निरौला अधिकारी , राजेनलाल साहु , तारादेवी महरा , वडा सचिव भक्तकुमार राजवंशीले फिल्टर हस्तान्तरण गरेका थिए । सोही कार्यक्रममा तीनवटा च्याउ फर्मलाई च्यापकटर (कुटी काट्ने मेशिन) र पराल पकाउने ड्रम वितरण गरिएको छ । आचार्य च्याउ फर्म र नन्दलाल च्याउ फर्मलाई एक–एकवटा च्यापकटर तथा खत्री च्याउ फर्मलाई पराल पकाउने ड्रम वितरण गरिएको हो । सशर्त अनुदानको रकमबाट सो कृषि सामग्री वितरण गरिएको वडा सदस्य जिवनाथ अधिकारीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्