दमक, असार १९ । रोटरी क्लव अफ दमकको वर्ष २०२१÷२२ को नेतृत्व भरत चम्लागाईले सम्हालेका छन् ।

युवा व्यवसायी चम्लागाई दमक उद्योग वाणिज्य संघका सदस्य ,दमक पव्लिक लाईव्रेरीका उपाध्यक्षलगायतका विभिन्न सामाजिक संघसंस्थाहरुमा आवद्ध छन् ।
क्लवको विधान अनुसार २३ सदस्यीय गठित क्लवको निवर्तमान अध्यक्ष शान्ता ढकाल,निर्वाचित अध्यक्षमा पशुपति बराल, प्रस्तावित अध्यक्षमा पदम बराल,प्रथम उपाध्यक्षमा विक्रम शाह, द्वितीय उपाध्यक्षमा केशवकुमार अग्रवाल,तृतीय उपाध्यक्षमा देवकी देवी ज्ञवालीले जिम्मेवारी पाएका छन् ।
त्यस्तै,सचिवमा झलराज गौतम, सहसचिवमा सुनिता आचार्य,कोषाध्यक्षमा भुपेन्द्र निरौला , सह–कोषाध्यक्षमा कल्पना चम्लागाई , क्लव व्यवस्थापनमा सन्जु पराजुली,सदस्यता विस्तार निर्देशकमा गोकुल श्रेष्ठ,सामाजिक गतिविधि निर्देशक सागर श्रेष्ठ,जनसम्पर्क अधिकारीमा भिमराज चम्लागाई,युवा परिचालन निर्देशकमा भेनष श्रेष्ठ,फाउण्डेशन निर्देशकमा नविन अग्रवाल,वेभ मास्टरमा शान्तिराम निरौला र प्रशिक्षकमा प्रकाश अधिकारीलाई जिम्मेवारी दिईएको छ ।
यसैगरी क्लवका पूर्व अध्यक्षहरु सम्मिलित नविनकुमार श्रेष्ठ,गंगा ढकाल र सन्दिप चापागाईलाई तालिम प्रशिक्षक र लेखनाथ न्यौपानेलाई सल्लाहकारको जिम्मेवारी प्रदान गरिएको अध्यक्ष चम्लागाईले बताएका छन् । जुलाईदेखि नै क्लवको बर्षेनि नेतृत्व चयन हुने गरेको छ ।
यसैवीच क्लवको शनिवार सम्पन्न पहिलो विस्तारित बैठकले रोटरी अभियानलाई थप क्रियाशील बनाउने निर्णय गरेको सचिव झलराज गौतम (राजु ) ले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्