भद्रपुर, असार २० । नेकपा एमाले माधव नेपाल समूहको भेलाले लोकनाथ भट्टराईको नेतृत्वमा १२१ सदस्यीय भद्रपुर नगर कमिटी निर्माण गरेको छ ।

नवगठित कमिटीको उपाध्यक्षमा मिना पराजुली, देवीप्रसाद अधिकारी र देउधन राई रहेका छन् भने सचिवमा सानुकुमार लामा, उपसचिव मुना खवास, हेडम्वराज निरौला, डिनलाल राजवंशी र गोकुल ढकाल रहेका छन् । नगरका हरेक वडाबाट १०–१० जनाका दरले नगर सदस्य छनोट गरिएको छ ।

भद्रपुर नगरपालिकाकी उपप्रमुख चन्द्रमाया श्रेष्ठको अध्यक्षता तथा केन्द्रीय सदस्य एवम् झापा जिल्ला इन्चार्ज रविन कोईरालाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रदेश कमिटी सदस्यहरू दुर्गा भट्टराई, श्रिमन नारायण पौडेल र तारा रुचालले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन जिल्ला कमिटी सदस्य निकास पाण्डे (खिलनाथ) ले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्