झापा , असार २० । बैङ्किङ कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ताप्लेजुङ याङवरक २ घर भई हाल बिर्तामोड ५ बस्ने ३६ वर्षिय नरेन्द्र तिम्सिना रहेका छन् । उच्च अदालत बिराटनगर ईलाम इजलासको २०७७ चैत ३० गतेको फैसला अनुसार बैङ्किङ कसुर मुद्धामा तिम्सिनालाई १५ दिन कैद , ३४ लाख रुपैयाँ जरिवाना र पीडित राहत कोषमा १ लाख ३६ हजार रुपैयाँ दाखिला गर्नुपर्ने फैसला भएको थियो ।हालसम्म फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापा र फैसला कार्यान्वयन झापाको टोलीले ताप्लेजुङ जिल्लाबाट पक्राउ गरी कारागार चलान गरेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्