अभिषेक खतिवडा,
हल्दिबारी , असार २१ । हल्दिबारी गाउँपालिका वडा नं ४ मा रहेको महिला तथा बालबालिका विकास समितिले बालबालिकालाई स्कुल पोसाकको लागि थान कपडा हस्तान्तरण गरेको छ ।

४ नं वडाभित्र रहेका दुईवटा सामुदायिक विद्यालयमा अध्ययनरत २९४ जना विद्यार्थीलाई कपडा हस्तान्तरण गरिएको हो । दिपेन्द्र आधारभूत विद्यालयका कक्षा १–५ सम्मका १६४ जना र महेन्द्र माविका कक्षा १–५ सम्मका १३० विद्यार्थीलाई कपडा प्रदान गरिएको वडा नं ४ महिला तथा बालबालिका विकास समिति संयोजक गीतादेवी भण्डारीले जानकारी दिइन्।
अतिविपन्न परिवारका विद्यार्थीहरुलाई लक्षित गरेर आयोजना गरिएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र शिक्षक शिक्षिकालाई कपडा हस्तान्तरण गरिएको हो ।
वडा नम्बर ४ वडा अध्यक्ष होम चुडाल ,संयोजक गीतादेवी भण्डारीलगायत जनप्रतिनिधिहरु,विद्यालयका प्रअ ,शिक्षक शिक्षिका,पत्रकारलगायतको उपस्थिति रहेको कार्यक्रमको सहजीकरण वडा नम्बर ४ का सचिव जय पोखरेलले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्