बिर्तामोड, असार २२ । नेपाल उद्योग वाणिज्य महासंघले झापा बिर्तामोडका युवा व्यवसायी विनोद बस्नेतलाई महासंघ मातहतको द्विराष्ट्रिय एवम् गैर आवासीय नेपाली समन्वय फोरमको सदस्यमा मनोनित गरेको छ ।

महासंघका अध्यक्ष शेखर गोल्छाले मंगलबार बस्नेतलाई फोरमको आमन्त्रित सदस्यमा मनोनित गरेको जनाएका छन् । महासंघ अन्तर्गत देशबन्धु बस्नेत (अजित)को सभापतित्वमा द्विराष्ट्रिय एवम् गैर आवासीय नेपाली समन्वय फोरमको समिति बनेको छ ।
‘महासंघलाई सशक्त रुपमा अगाडि बढाउने कार्यमा यहाँ सम्मिलित फोरमले महत्वपूर्ण योगदान पु¥याउने कुरामा विश्वस्त छौं ’ अध्यक्ष गोल्छाले बस्नेतलाई सदस्यमा मनोनित गरेको पत्र प्रदान गर्दै भनेका छन्– ‘फोरमलाई क्रियाशील बनाउने कार्यमा यहाँको पूर्ण सहयोग हुने कुरामा म विश्वस्त छु ।’
फोरमको सदस्यमा मनोनित बस्नेत सयपत्री टे«डलिङ्क (यामाहा गाडीको बिक्रेता) का प्रबन्ध निर्देशक छन् । उनी व्यावसायिक तथा सामाजिक क्षेत्रमा क्रियाशील छन् । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ कार्यसमिति सदस्य, झापा गोल्डकपका अध्यक्ष, एकका लागि एक अभियानका सहसंयोजक समेत रहेका बस्नेत मेची पेट्रोलियम डिलर्स एसोसिएसनका महासचिव समेत रहेका छन् ।