झापा , असार २२ । झापाको कचनकवलबाट हरिणको छालासहित दुईजना पक्राउ परेका छन् ।

सोमबार राति ९ बजे कचनकवल ३ स्थित अभिमुक्तेश्वर सामुदायिक बनमा सोही ठाउँका ४० वर्षिय लुखिराम हस्दा, २४ वर्षिय समन टुडु लगायत ८ जनाले हरिण मारी छाला घरमा सुकाइरहेको खवर पाएर मंगलबार साँझ प्रहरी चौकी पथरियाबाट गएको टोलीले हस्दा र टुडुलाई पक्राउ गरेको हो । हरिणको छालासहित दुईजनालाई नियन्त्रणमा लिई डिभिजन बन कार्यालय झापामा बुझाउने तयारी भईरहेको र घटनामा संलग्न अन्य फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।