बिर्तामोड , असार २३ ।विद्युत मिटर जोड्ने क्रममा करेन्ट लागेर नेपाल विद्युत प्राधिकरण बिर्तामोडका एक कर्मचारीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा प्राविधिक पदमा कार्यरत बिर्तामोड ५ निवासी ५७ वर्षिय कुलप्रसाद भट्टराई रहेका छन् । गरामनीमा आज बिहान मिटर जोड्ने क्रममा उनलाई करेन्ट लागेको थियो । घाइतेलाई उपचारका लागि बिएण्डसी हस्पिटलतर्फ ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्राधिकरण अनारमनी वितरण केन्द्रका प्रमुख संजयकुमार गुप्ताले बताए । मृतकको लाशलाई पोष्टमार्टमको लागि मेची अस्पताल पठाइएको उनले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्