दमक , असार २३ । झापाको दमकमा तास खेलिरहेको अबस्थामा ७ लाखबढी नगदसहित ११ जना पक्राउ परेका छन् ।

हिजो साँझ ७ बजे दमक ८ स्थित थिरराज खतिवडाको घरमा तास खेलिरहेको भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले खानतलासी गर्दा खालमा थापेको नगद सात लाख पैतालिस हजार पाच सय र ६ बुक ताससहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा दमक १ बस्ने ५४ वर्षिय नरेन्द्र थापा, सोही ठाउँका २३ वर्षिय नरेन्द्र लिम्बु, वडा नं २ बस्ने ४३ वर्षिय हर्क धिमाल, ईलाम चुलाचुली ६ बस्ने ३७ वर्षिय हर्क लिम्बु, दमक ६ बस्ने ३१ वर्षिय चन्द्र लिम्बु, वडा नं ७ बस्ने ४० वर्षिय कृष्ण खतिवडा, वडा नं ९ बस्ने ३७ वर्षिय सुरेन्द्र श्रेष्ठ , वडा नं ८ बस्ने ४४ वर्षिय पूर्णप्रकाश रिजाल ,२८ वर्षिय सुसन रिजाल , वडा नं ७ बस्ने ३८ वर्षिय कुलराज खड्का र वडा नं ८ बस्ने २९ वर्षिय घरधनी थिरराज खतिवडा रहेका छन् । रितपूर्वक नगद र तास बरामद गरी थप अनुसन्धान लागि उनीहरुलाई ईप्रका दमकमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्