झापा , असार २३ । भारतीय सिने जगतका प्रख्यात अभिनेता दिलिप कुमारको ९८ वर्षको उमेरमा आज निधन भएको छ।

लामो समयदेखि बिरामी रहेका दिलिपको ९८ बर्षको उमेरमा आज बिहान साढे ७ बजे निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
घरमै उपचार गराउँदै आइरहेका दिलिपको स्वास्थ्य अवस्था अचानक बिग्रन थालेपछि मुम्बईको हिन्दुजा अस्पताल भर्ना गरिएको थियो। उनलाई फोक्सोमा संक्रमण देखिएको थियो। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई धेरै पटक अस्पतालमा भर्ना गरिएको थियो। उनले ८ पटक ‘बेस्ट एक्टर’ का रूपमा फिल्म फेयर अवार्ड पाएका थिए । यस्तै हिन्दी सिनेमामा सबैभन्दा ठूलो सम्मान मानिने ‘दादा साहेब फाल्के अवार्ड’ बाट पनि उनलाई सम्मान गरिएको थियो । सन २०१५ मा भारत सरकारले उनलाई पद्म भूषणबाट सम्मान गरेको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्