बिर्तामोड , असार २३ । विश्वव्यापी रूपमा प्रतिष्ठित दुई पाङ्ग्रे र तीन पाङ्ग्रे गाडी निर्माता टिभीएस मोटर कम्पनीले बुधबार मार्भल्स अभेन्जर्सबाट प्रेरित टिभीएस एनटर्क १२५ सुपर स्क्वाड संस्करण नेपालमा सार्वजनिक गरेको छ ।

कम्पनीले डिज्नी इन्डियाको उपभोक्ता उत्पादन व्यवसायसंग सहकार्य गरी टिभीएस एनटर्क १२५ को एक विशेष सुपर स्क्वाड संस्करण शुरु गरेको छ । जुन आइकोनिक मार्भल सुपर हिरोद्वारा प्रेरित नेपालको पहिलो ब्लुटुथ कनेक्टेड स्कूटर हो । देशव्यापीरुपमा लञ्च गर्नेक्रममा बिर्तामोडमा टिभीएसको आधिकारिकता बिक्रेता पाथीभरा अटोलिंकले पनि सो स्कूटर लञ्च गरेको छ । बिर्तामोड उद्योग वाणिज्य संघका महिला उपाध्यक्ष नैनकला भट्टराईले सो स्कूटरको लञ्च गरेकी हुन् । कार्यक्रममा कम्पनीका तीर्थ रिजालले नयाँ स्कूटरको बिशेषताका बारेमा प्रकाश पारेका थिए ।कार्यक्रमको संचालन याम कार्कीले गरेका थिए ।
सुपर स्क्वाड संस्करण क्रमश आइरन म्यान, ब्ल्याक प्यान्थर र क्याप्टेन अमेरिकाबाट प्रेरित तीन आकर्षक रंग इन्भिन्सिबल रेड, स्टिल्थ ब्ल्याक, र कम्ब्याट ब्लूमा उपलब्ध छन् । यो संस्करणले उत्पादनको डिजाइनमार्फत प्रत्येक मार्भल सुपर हिरोसँग सम्बन्धित उत्तम सुक्ष्म भेदहरु ल्याउँदछ ।
राजधानीमा लञ्च कार्यक्रममा बोल्दै टिभीएस मोटर कम्पनीको इन्टरनेशनल बिजनेसका कार्यकारी उपाध्यक्ष आर दिलिपले भने, ‘टिभीएस एनटर्क १२५ ले नेपालमा सार्वजनिक भएदेखि नै आफ्नो बेजोड स्टाइल, उत्कृष्ट रेसिंग प्रेरित पर्फमेन्श र अन्य स्कुटरमा नभएको ब्लुटुथ टेक्नोलोजीलर हामी मार्भल यूनिर्भस्प्रति एक मजबुत आकर्षण भएका हाम्रा नयाँ जेनेरेसनका ग्राहकहरुका लागि विकसित गर्न र उनीहरुको खुशी खोज्न जारी राख्दछौं । टिभीएस एनटर्क १२५ को मार्भल अभेन्जसर््बाट प्रेरित सुपर स्क्वाड संस्करणको सुरूवातसँग नयाँ रेकर्ड बन्नेछ । हामी विश्वस्त छौं कि सुपर स्क्वाड संस्करण ब्लकबस्टर हुनेछ । ’
जेएमपीएलका प्रबन्ध निर्देशक शाहिल अग्रवालले नयाँ उत्पादन सार्वजनिक गर्दै भने, ‘हामी जेएमपीएलमा नेपालमा रहेका हाम्रा बहुमूल्य ग्राहकहरूका लागि सबैभन्दा नवीन र सेगमेन्टकै उत्कृष्ट उत्पादनहरू ल्याउन प्रतिबद्ध छौं । टिभीएस एनटर्क १२५ नेपालको प्रिमियम सेग्मेन्टमा सर्वाधिक बिक्री र रुचाईएको स्कूटर हो ।नयाँ टिभीएस एनटर्क १२५ सुपर स्क्वाड संस्करण जेन जेडको लोकप्रिय टिभीएस एनटर्क १२५को लागि ‘वाहुफ्याक्टर’ सिर्जना गर्ने उद्देश्य राखेको छ । हामी बिश्वस्त छौं कि यसले नेपालमा हाम्रा ग्राहकहरुलाई खुशी पार्नेछ ।’
सुपर स्क्वाड लोगो र आइकनिक अभेन्जरको ‘ए’ स्पष्ट रूपमा फ्रन्ट प्यानल, लेग शिल्ड, र स्पीडो मिटरमुनि राखिएको छ ।

स्टिल्थ ब्ल्याक
ब्ल्याक प्यान्थरबाट प्रेरित यो संस्करण पर्पलको विविध रङको साथ जेट ब्ल्याक रंगमा आउँछ । डेकल्सको ठूलो हिस्साको रूपमा स्कुटरमा ब्ल्याक प्यान्थर सूटका तत्वहरू छन् । सरगमीहरूका लागि थुप्रै सरप्राइजहरु ल्याउँदै यसले वकान्डाको सदाबहार सिग्नेचर सलूट र उक्त क्यारेकटरको मार्भल यूनिभर्स्मा शुरुवात भएको वर्षलाई संकेत गर्ने नम्बर ६६ (१९६६) पनि समावेश गरिएको छ ।
इन्भिन्सिबल रेड
आइरन म्यानबाट प्रेरित भएर यस डेकल्सले उसको रेड र गोल्ड सूटको झल्काउदै यसलाई स्टेलर लुक दिन्छ । आइरन म्यान हेलमेट लेग शिल्डमा एम्बोस गरिएको छ र आर्क रिएक्टर दुबै प्यानलमा छ । सरगमीहरूका लागि दुवै प्यानलहरूमा एक्सएक्सआईएक्स एन्क्रिप्शन मार्क गरिएको छ । जसले फिडलरलाई दर्शाउँछ र आइरन म्यानको २९औं सूट साथै उक्त क्यारेक्टरको मार्भल यूनिभर्स्मा शुरुवात भएको वर्षलाई दर्शाउने नम्बर ६३(१९६३) रहेको छ ।
कम्ब्याट ब्लू
क्याप्टेन अमेरिकाबाट प्रेरित स्कूटरले पहिलो एभेन्जरसँग सम्बन्धित निलो, सेतो, रातो कलर टोनमा आउँछ । उक्त क्यारेक्टरमा अटल रहँदैं यसमा नम्बर ४१ (१९४१) रहेको छ जुन क्याप्टेन अमेरिकाको मार्भल यूनिभर्स्मा शुरुवात भएको वर्षको नम्बर हो । शिल्ड स्कुटरको फ्रन्टमा छ र यो संस्करणको दुबै प्यानलमा गर्वका साथ सुपर सोल्जर राखिएको छ ।
सुपर स्क्वाड संस्करणको टिभीएस कनेक्ट एप स्मार्ट एक्सनेक्टद्वारा संचालित छ र क्यारेक्टरहरूद्वारा प्रेरित कस्टुमाइज्ड् यूजर इन्टरफेस (यूआई) को साथ आउँदछ । एप सम्बन्धित पात्रहरूको सिल्हूटसँग खुल्छ र त्यसपछि क्याप्टेन अमेरिकाको शिल्ड, आइरन म्यानको सूट र ब्ल्याक प्यान्थरको आँखाको साथ क्यारेक्टर क्रिष्टको साथ महत्वपूर्ण तत्वहरू एप इन्टरफेसमा एकरूप छन् । प्रत्येक एप स्क्रीन सुपर हिरोको एक अद्वितीय चरित्र विशेषतासंग चयन गरिएको छ । जसले यसलाई एक पूर्ण मार्भल अनुभव दिन्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्