झापा, असार २३ । झापामा निषेधाज्ञा खुकुलो पारेसँगै कोरोना संक्रमण र मृत्यु दर बढ्न थालेको छ ।

बुधबार झापामा एकैदिन चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । त्यसमध्ये दुईजना बिर्तामोड ४ का रहेका छन् । चारजनामध्ये तीनजनाको बिर्तासिटी हस्पिटल बिर्तामोडमा मृत्यु भएको हो । बिर्तामोड ४ की ४५ वर्षिया महिला , सोही वडाकी ६२ वर्षिया महिला र इलाम ७ का ५४ वर्षिय पुरुषको बिर्तासिटी हस्पिटलमा मृत्यु भएको हो । त्यस्तै दमक ९ का ५३ वर्षिय पुरुषको आम्दा हस्पिटलमा मृत्यु भएको छ ।योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या झापामा ३६८ पुगेको छ । त्यसैगरी झापामा कोरोना संक्रमण दर पनि बढेको छ । बुधबार एकैदिन २५५ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये दमकका सबैभन्दा बढी ७६ जना रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्