बिर्तामोड, असार २४ । बिर्तामोड ६ बुट्टावारीमा अब्यवस्थित रुपमा रहेको अस्थाई प्रहरी पोष्टलाई ब्यवस्थित बनाईएको छ ।

सामुदायिक वन कार्यालयले दिएको कोठाभित्र ११ बर्षदेखि अब्यवस्थित रुपमा रहँदै आएको प्रहरी पोष्टलाई बुट्टावारी चौक नजिकै एक घरमा सारेर ब्यवस्थित बनाइएको हो । बिर्तामोड नगरपालिकाको ६ नम्बर वडा कार्यालयको सहयोगमा प्रहरी चौकी ब्यवस्थित रुपमा सञ्चालन गरिएको प्रहरी पोष्ट इन्चार्ज प्रहरी सहायक निरीक्षक जानुका चौहानले बताइन् । प्रहरी पोष्टमा सरुवा भएर आएको एक हप्ता बित्न नपाउँदै ब्यवस्थित गर्नमा बिर्तामोड नगरपालिकाको महत्वपूर्ण सहयोग गरेको इन्चार्ज चौहानले बताइन् ।
तीन बर्षसम्म बिर्तामोड ३ मा रहेको प्रहरी चौकी बिर्ताबजारमा चौकी इन्चार्जको रुपमा उनले काम गरेकी थिइन् । शान्तिसुरक्षा कायम गर्नमा सफल मानिदै आएकी चौहान बुट्टावारीमा सरुवा भएसँगै बुट्टावारीमा प्रहरी सकृयता बढेको स्थानीय बताउँछन् । बुट्टावारीमा दिनरात प्रहरी गस्तीमा निस्कन थालेको स्थानीय बताउँछन् । ‘हिजो अस्तिसम्म त्यस्तो थिएन, अहिले प्रहरी कुदिरहन्छ’ एक ब्यापारीले बताए । चौकी इन्चार्ज चौहानका अनुसार चोरी, डकैती लगायतका अपराधका घटना हुन नदिनु प्रहरीको कर्तब्य नै हो । प्रहरी पोष्टलाई बिर्तामोड ६ र ३ नं वडा कार्यालयले एउटा कम्प्यूटर उपलब्ध गराएको उनले जानकारी दिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्