झापा, असार २४ । ओखलढुङगाको खिजिदेम्बा गाउँपालिका ८ कास्पुकी ४३ बर्षीया पासाङ फुरी शेर्पाको लडेर मृत्यु भएको छ ।
गएराति साढे ९ बजे छिमेकीको घरबाट फर्कने क्रममा बाटोबाट अन्दाजी १२ फिट तल झरी घाईते अबस्थामा उनलाई स्थानीयले फेला पारेका थिए । उनलाई स्थानीयले बोकेर घरतर्फ ल्याउने क्रममा मृत्यु भएको हो ।
घटनाको जानकारी पाएलगतै प्रहरी चौकी रावादोलु र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी टोली खटिएर थप अनुसन्धान गरिरहेको १ नं प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।