झापा , असार २४ । झापाको शिवसताक्षीमा नालामा डुबेर एकजनाको मृत्यु भएको छ ।

वडा नम्बर ३ दिङ्लाधाप बस्ने ७५ वर्षीय नरध्वज लिम्बूको हिजो साँझ डुबेर मृत्यु भएको हो । छिमेकीको मलामी गई माई खोलाबाट घर फर्किने क्रममा घर नजिकै रहेको बाटो बनाउँदा बनेको नालामा लडिरहेको अवस्थामा स्थानीयले देखेर बाहिर निकाल्दा उनको मृत्यु भइसकेको थियो । इलाका प्रहरी कार्यालय झिलझिलेका अनुसार सडक किनारमा जमेको पानीमा उनी चिप्लिएर लडेका थिए । २ फिट गहिराइको पानीमा डुबेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मापसे सेवन गरेका लिम्बूको नालामा टाउको मात्र डुबेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्