सपना आचार्य ,

माई,ईलाम । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत ३ महिने आधारभूत सिलाई कटाईसम्बन्धी सीप विकास तालिम बिहीबार माईमा सम्पन्न भएको छ ।

‘सीप सिकौ, उद्यम गरौ, आत्मनिर्भर बनौ’ भन्ने नारासहित सिलाई कटाई तालिम सम्पन्न भएको हो । माई नगरपालिकाको आयोजनामा सम्पन्न तालिम समापन कार्यक्रममा माईका मेयर दिपककुमार थेवेले दृढ संकल्पका साथ सिकेको सीपलाई ब्यवहारमा रुपान्तरण गर्न सहभागीहरुलाई आग्रह गरे । उनले यस वर्ष सीप विकास तालिम प्रदान गरिएका तथा अन्य सबै सीप सिक्नेलाई आगामी बर्ष प्रविधि हस्तान्तरणसहित एड्भान्स तालिम प्रदान गरिने जानकारी दिए ।
वडा नम्बर–४ का वडा अध्यक्ष सूर्यप्रसाद दुलालको अध्यक्षता सम्पन्न तालिममा नगरभित्रका १६ जना महिलाको सहभागिता रहेको थियो ।
तालिम समापनमा सीप विकास कार्यक्रम (पिरामिड) का कार्यक्रम संयोजक हेमन्त गौतम, प्रशिक्षक कविता बस्नेत, मेडपा कार्यक्रमका माई नगरपालिका सहजकर्ताद्वय निरुता थापा र सलिना बिसी लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्