झापा , असार २४ । इलामका सञ्चारकर्मी तथा माङ्सेबुड रेडियोका स्टेशन मेनेजर सुमन लावतीलाई एकैदिन पितृ र मातृशोक परेको छ ।

माङ्सेबुङ गाउँपालिका वडा नं ५ का सञ्चारकर्मी लावतीका ७९ वर्षीय बाबु टेकबहादुर लावती र ७३ वर्षीया आमा लक्षीहाङमा लावतीको एकैदिन बिहीबार कोरोना संक्रमणबाट मृत्यु भएको हो ।टेकबहादुरको बिहीबार बिहान ५ बजे र लक्षीहाङमाको दिउँसो साढे ३ बजे निधन भएको स्थानीय पत्रकार काकीराम लावतीले बताए । सञ्चारकर्मी लावतीको परिवारका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।संक्रमितमध्ये बिहीबार दुई जनाको निधन भएको हो । एकै परिवारका दुईको निधन भएसँगै गाउँमा निकै सन्त्रास फैलिएको छ ।उनीहरु विगत ५ दिनदेखि कोरोना संक्रमित भएर होम आइसोलेसनमा बस्दै आएका थिए । मृतक दम्पतीका दुई छोरा, एक बुहारी र दुई नाति समेत कोरोना संक्रमित छन् । उनीहरुको अवस्था भने सामान्य रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्