झापा , असार २५ । चारआली–चन्द्रगढी सडकखण्डमा शुक्रबार कार दुर्घटनामा परी एमाले नेता ज्ञानुराम प्रसाईको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका बिर्तामोड नगरपालिका–५ का प्रसाईको मेची अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनी बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतराका पति हुन् ।
चन्द्रगढीतर्फ जाँदै गरेका प्रसाई सवार बा १६च ८१८२ नम्बरको कार भद्रपुर–९ देवकोटा चोकमा अनियन्त्रित भई सालिक राखिएको कम्पाउन्डमा ठोक्किएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । उनी व्यवसायीसमेत हुन् ।
गम्भीर घाइते उनलाई अस्पताल लगिएकोमा केही बेरमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्