झापा ,असार २५ । खुकुरी प्रहार गरी साथीको हत्या गर्ने संखुवासभा खाँदबारी नगरपालिका १ तिलार नयाँ बस्तीका २४ बर्षीय मुकेश तामाङ पक्राउ परेका छन् ।

तामाङले चिचिला गाउँपालिका २ घर भई हाल सोही स्थान दिदीको घरमा बस्दै आएका २६ बर्षीय पेमा शेर्पालाई खुकुरी प्रहार गरी हत्या गरेका हुन् । शुक्रबार बिहान ९ बजे मृतकको घरदेखि अन्दाजी ५०० मिटर दक्षिण खोल्सीमा उनको शब फेला परेको थियो । घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी टोली खटिएर तामाङलाई नियन्त्रणमा लिएको थियो । पुरानो रिसिईबीको कारण बिहीबार राति २ बजे आफ्नो घरमा आएका शेर्पालाई खुकुरी प्रहार गरी गम्भीर घाईते बनाई छाडेको भन्ने पक्राउ परेका मुकेशको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्