बिर्तामोड, असार २६ । नेपाल पत्रकार महासंघ झापा शाखाको समन्वय र पहलमा शनिवार जिल्लाका सञ्चारकर्मीलाई कोरोनाविरुद्ध खोपको दोस्रो मात्रा लगाइएको छ ।

स्वास्थ्य कार्यालय झापाको प्राविधिक टोलीले बिर्तामोडस्थित अतिथि सदनमा सञ्चारकर्मीलाई खोप लगाइदिएको हो । गत असार १ गते भेरोसेल खोपको पहिलो मात्रा लगाएका एक सय ६५ जना सञ्चारकर्मीलाई खोपको दोस्रो मात्रा प्रदान गरिएको पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले जानकारी दिए ।

स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख ईश्वरीप्रसाद पौडेलको नेतृत्वमा आएको प्राविधिक टोलीले सञ्चारकर्मीलाई खोप लगाइएदिएको हो । जनस्वास्थ्य अधिकृत समिक्षा पराजुली, सिआइसीटी सहजकर्ता भवानी राय, सिनियर अहेव उकिलबहादुर खड्काले खोप लगाउन प्राविधिक सहयोग गरेका थिए ।महासंघ झापाले हालसम्म खोप लगाउन छुटेका जिल्लाका सञ्चारकर्मीलाई तत्काल खोपको व्यवस्था गर्न आग्रह गरेको छ । खोप लगाउन छुटेका सञ्चारकर्मीलाई प्राथमिकता राखेर अबको चरणमा खोप प्रदान गरिने स्वास्थ्य कार्यालयका निमित्त प्रमुख पौडेलले प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्