भद्रपुर, असार २७ । रोटरी क्लव अफ भद्रपुरको पद हस्तान्तरण कार्यक्रम आइतवार सम्पन्न भएको छ ।

होटल उडल्याण्डको सभाहलमा संक्षिप्त कार्यक्रमका बीच पद हस्तान्तरण गरिएको हो । सन् २०२०–२१ का अध्यक्ष आदित्य पराजुलीले सन् २०२१–२२ का अध्यक्ष विगत ओझालाई क्लवको चार्टर सर्टिफिकेट प्रदान गरी पद हस्तान्तरण गरेका हुन् ।
पद हस्तान्तरण कार्यक्रम नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने नेपाल उद्योग वाणिज्य संघ प्रदेश १ का अध्यक्ष टिकाराज ढकाल, भद्रपुर नगरपालिका वडा नं. ८ का अध्यक्ष गौरव सुब्बा मनोजलगायतले शुभकामना मन्तव्य राखेका थिए । क्लवका प्रेसिडेन्ट इलेक्ट इश्वर अधिकारीले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य चार्टर प्रेसिडेन्ट किशोर पराजुलीले राखेका थिए ।रोटरी क्यालेन्डर अनुसार ओझाले जुलाइ एक तारेखदेखि पदभार सम्हालेका छन् ।सोही कार्यक्रममा अन्य पदाधिकारीहरु सेक्रेटरी प्रज्वल राई ,ज्वाइन्ट सेक्रेटरी पवनकुमार श्रेष्ठ, ट्रेजरर किशोर पराजुली, क्लव एडमिनिष्ट्रेशन डाइरेक्टर कविन राई,मेम्वरसीप डाइरेक्टर राजकुमार पोखरेल,पब्लिक रिलेशन डाइरेक्टर दिपेश ढकाल,रोटरी फाउन्डेशन चेयर टिकाराज ढकाल, सर्भिस प्रोजेक्ट डाइरेक्टर धनजुजु श्रेष्ठ, सरजेन्ट एट आम्स सुभाषरत्न शाक्य,आइ.टी. अफिसर उज्वल श्रेष्ठ,युथ सर्भिस प्रदीप सरावगी,सोसियल मिडिया एण्ड क्लव बुलेटिन संजयराज पोखरेललाई समेत पदभार ग्रहण गराइएको थियो ।
कार्यक्रममा इनर विल भद्रपुरलाई आधिकारिकता प्रदान गरिएको छ । इनर विलका अध्यक्ष कुशुम अधिकारी पराजुलीले आफ्नो समूहको परिचय गराउँदै इनर विल के हो भन्ने विषयमा सान्दर्भिक मन्तव्य राखेकी थिइन् । कार्यक्रममा रोट्रयाक क्लव अफ भद्रपुरका अध्यक्ष सुमित मण्डलले आफ्नो टिमलाई सपथ गराएका थिए ।