कनकाई,असार २८ । पूर्वकै प्रसिद्ध पर्यटकीय नगरी कनकाईको जामुनखाडी सिमसार क्षेत्रमा विभिन्न प्रजातिका २ सय बिरुवा रोपिएको छ ।

रोटरी क्लव अफ सुरुङ्गाको आयोजना एवम् रोट्रयाक क्लव अफ सुरुङ्गाको सहकार्यमा वृक्षरोपण कार्यक्रम भएको हो । रोटरी क्लव सुरुङ्गाका अध्यक्ष सुशिलकुमार श्रेष्ठको सभापतित्व एवम् जामुनवारी सामुदायिक वन समूहका अध्यक्ष ख्यामराज सिटौलाको प्रमुख आतिथ्यमा सम्पन्न वृक्षरोपण औपचारिक कार्यक्रमको संचालन रोट्रयाक क्लवकी सचिव सारिका गिरीले गरेकी थिइन् । वृक्षरोपण कार्यक्रममा रोटरीका निवर्तमान अध्यक्ष टिकाप्रसाद जमरकट्टेललगायत रोट्रयाक क्लवका अध्यक्ष दिपेन ओली साथै अन्य पदाधिकारीहरुको सहभागिता रहेको रोटरी क्लव अफ सुरुङ्गाका मिडिया कोर्डिनेटर पत्रकार रामप्रसाद निरौलाले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्