बिर्तामोड , असार २८ । झापाको बिर्तामोडमा आज बिहान अर्धनग्न अवस्थामा एक युवतीको शव फेला परेको छ ।

बिर्तामोड नगरपालिका – ५ स्थित पूर्व – पश्चिम राजमार्गको सुगम पेट्रोल पम्म उत्तर २६ वर्षीया युवती सृजना वस्नेत अर्धनग्न अवस्थामा मृत फेला परेकी हुन् ।
सानिमाको घरमा स–परिवार बस्दै आएकी सृजना घरको आँगनमा अर्धनग्न अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए । उनले घटनाको विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिए । बिर्तामोडमा केही महिनाअघि तीनवटा हत्याका घटनामा संलग्नलाई प्रहरीले पक्राउ गर्न नसकिरहेको अबस्थामा अर्को घटना घट्न पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्