झापा , असार २८ । झापाको शिवसताक्षीबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन् ।

गएराति ९ बजे शिवसताक्षी ६ चौक बजार शिवसताक्षी ६ बस्ने २३ वर्षिय रियाज अन्सारी र वडा नं ४ बस्ने २१ वर्षिय संजय प्रधानलाई ब्राउनसुगरसहित पक्राउ गरिएको हो । को ७ प ४९०६ नम्बरको मोटरसाइकल रोकी बसिरहेको अबस्थामा ईलाका प्रहरी कार्यालय झिलझिले र ईलाका प्रहरी कार्यालय शिबगंज झापाबाट खटिएको संयुक्त टोलीले शंका लागेर चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट प्लाष्टिकसहित ५ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर, नगद १३ हजार , ,मोबाइल ४ थान बरामद गरी दुवैजनालाई थप अनुसन्धानको लागि ई.प्र.का. झिलझिलेमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्