मेचीनगर,असार २९ । भानु साहित्यिक प्रतिष्ठान काँकरभिट्टाले २०८ औं भानु जयन्तीको अवसरमा पत्रकार मुक्ति पौडेललाई पुरस्कृत गरेको छ ।

जनसंसद दैनिकका प्रधान सम्पादक पौडेललाई २१ हजार नगद राशिसहितको पुरस्कार प्रदान गरिएको हो । प्रतिष्ठानले विभिन्न ५ वटा विधामा पुरस्कार स्थापना गरेर वर्षेनि वितरण गर्दै आएको छ । यद्यपि, गत वर्ष प्रतिष्ठानले कोरोना महामारीका कारण कुनै पनि औपचारिक कार्यक्रम तथा पुरस्कार वितरण गर्न सकेन ।यस वर्ष पाँचवटा विधामा दिँदै आएको पुरस्कारमध्ये एउटा विधाको पुरस्कार वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेतीले बताए ।
संघीय सांसद् राम कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संविधानसभा सदस्य रविन कोइराला,अग्रज साहित्यकार तथा पत्रकार चन्द्र भण्डारी , प्राज्ञ सदस्य सुभद्रा भट्टराई अर्याल , मेचीनगर प्रमुख विमल आचार्य , पुरस्कृत व्यक्तित्व पत्रकार पौडेललगायतले बोलेका थिए । कार्यक्रममा प्रदेश सांसद श्रीप्रसाद मैनाली, मेचीनगर उपप्रमुख मीना उप्रेती लगायतको आतिथ्यता रहेको थियो । प्रतिष्ठानका अध्यक्ष उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष डिल्लीराम घिमिरे, धन्यवाद मेदनी खरेल र संचालन सचिव सुशिल आचार्यले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्