राजगढ , असार २९ । झापाको बाह्रदशी ३ स्थित राजगढ बजार ठूलो आगलागी हुनबाट जोगिएको छ ।

आज दिउँसो राजगढ बजारमा मे १ ख १८७३ नं. को अलकत्रा तताउने ट्रकमा विद्युत करेन्ट छुन पुग्दा आगलागी भएको थियो । बीच बजारमा ट्रकमा आगलागी भएपछि चालक बिर्तामोड ३ बिर्ताबजार बस्ने कमल भण्डारीले सुझबुझले आगो दन्किदै गरेको ट्रक खुल्ला ठाउँमा लगेर बजारलाई आगलागी हुनबाट जोगाएका हुन् । आगलागी भएको खबर ईलाका प्रहरी कार्यालय राजगढमा प्राप्त हुनासाथ प्रहरी नायब निरीक्षकको कमाण्ड खटिएको प्रहरी, बिर्तामोड नगरपालिकाको दमकल र स्थानयीबासीको सहयोगमा आगो पूर्णरुपमा निभाएको प्रहरीले जनाएको छ । सो आगलागीबाट ट्रक पूर्णरुपमा क्षतिग्रस्त हुँदा नब्बे लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्