झापा, असार २९ । झापामा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमण र मृत्यु दर निकै बढ्दै गएको छ । त्यसक्रममा आज ७ जना संक्रमितको मृत्युु भएको छ ।

बिर्तासिटी हस्पिटलमा दुईजना , मेची अस्पतालमा दुईजना , दमकको लाइफलाइन हस्पिटल र आम्दामा एक–एकजना तथा होम आइसोलेसनमा एकजनाको मृत्यु भएको हो । बिर्तासिटी हस्पिटलमा बिर्तामोड ५ की ४० वर्षिया महिला र बिर्तामोड ६ की ७५ वर्षिया महिलाको मृत्यु भएको छ भने मेची अस्पतालमा कनकाई ३ का ४५ वर्षिय पुरुष र मेचीनगर ३ का ८३ वर्षिय पुरुषको ज्यान गएको छ । त्यस्तै मोरङ रतुवामाई १० का ७९ वर्षिय पुरुष र दमक ४ का ७० वर्षिय पुरुषको लाइफलाइन अस्पतालमा मृत्यु भएको छ । त्यसैगरी भद्रपुर १० का ४९ वर्षिया महिलाको होम आइसोलेसनमा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । झापामा आज ७३ महिला र ७५ पुरुष गरी १४८ जनालाई कोरोना संक्रमण भएको छ ।हिजो जिल्लाका ३१५ जनालाई संक्रमण पुष्टि भएको थियो । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ३८३ पुगेको छ भने कूल संक्रमितको सँख्या १८ हजार १८८ पुगेको छ । त्यसमध्ये १३ हजार ३३० जना डिस्चार्ज भएका छन् । झापामा अहिले २३५७ जना सक्रिय संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्