भद्रपुर, असार ३० । मेची महाकाली बुहारी संयुक्त आवाजले झापामा बढ्दै गएको महिला तथा बालबालिकामाथिको हिंसा रोक्न माग राख्दै जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापनपत्र बुझाएको छ ।

अध्यक्ष शिखा खड्का तथा उपाध्यक्ष गंगा भट्टराईको नेतृत्वमा गएको टोलीले पछिल्लो पटक झापाको बिर्तामोडमा अर्धनग्न अवस्थामा मृत भेटिएकी बिर्तामोडकी सिर्जना बस्नेत हत्या प्रकरणमा संलग्नको खोजी गरी कडा कारवाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा भनिएको छ — महिला र बालबालिका हिंसाबाट बच्ने वातावरण प्रशासनले निर्माण गरोस् । हिंसकमाथि कडाभन्दा कडा कारवाही हुने अवस्था निर्माण होस् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्