कुमरखोद ,असार ३० । झापा गाउँपालिकाका दुई कृषि सहकारी संस्थाले धान , मकै र गहुँ सुकाउने ड्रायर मेशिन पचास प्रतिशत सहुलियत अनुदानमा प्राप्त गरेका छन् ।

झापा गाउँपालिका वडा १ र २ मा रहेका कुमरखोद साना किसान कृषि सहकारी र मारसल कृषि सहकारी संस्था दुवैले उक्त ड्रायर मेशिन किसानहरुको काममा सहयोग पु¥याउने हेतुले खरिद गरेका हुन् ।
एउटा ड्रायर मेशिनको बजार मुल्य १७ लाख ६५ हजार रुपैयाँ रहेको छ । उक्त ड्रायर मेशिनमा मकै लोड गरेको १ घण्टामा ८७. ५ मन र त्यसैगरी धान,गहुँ १ घण्टामा ६२.५ मन सुकाउने क्षमता रहेको ड्रायर मेशिन सप्लायर्सका ईन्जिनियर प्रकाश विष्टले बताए । ईन्जिनियर विष्टका अनुसार धान , मकै र गहुँलाई ७० डिग्री तापक्रममा तताउने काम गरिन्छ भने ड्रायर मेशिन संचालन गर्नको लागि प्रतिघण्टा १० देखि १२ लिटर डिजलको आवश्यकता पर्दछ । उक्त ड्रायर मेशिनलाई ईलेक्ट्रिकबाट पनि चलाउन सकिने विष्टले बताए ।

झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहको पहलमा आर्थिक वर्ष २०७७–०७८ मा मकै उत्पादन प्रवर्द्धन कार्यक्रमअन्तर्गत कृषि ज्ञान केन्द्र भद्रपुर झापाबाट ५० प्रतिशत अनुदानमा ड्रायर मेशिन झापा गाउँपालिकाका दुवै कृषि सहकारीले प्राप्त गरेका हुन् । झापा गाउँपालिकाले मेशिन खरिदका लागि दुवै कृषि सहकारीलाई २ लाखका दरले सहयोग समेत गरेको थियो । त्यसैगरी एस.एन जेडी संस्था बिर्तामोडले आर्थिक अवस्था कमजोर भएका मारसल कृषि सहकारी संस्थालाई मेशिन खरिदका लागि १ लाख ९० हजार रुपैयाँ सहयोग गरेको मारसल कुषि सहकारीका अध्यक्ष रघु टुडुले बताए । अध्यक्ष टुडुले ड्रायर मेशिनको भुक्तानी दिनका लागि आफूहरुसँग अभैm १ लाख रुपैयाँ अपुग रहेको समेत बताए ।

मंगलबार कुमरखोद साना किसान कृषि सहकारीकी अध्यक्ष कल्पनाकुमारी खड्काको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष शाह , विशिष्ट अतिथिहरु उपाध्यक्ष कुन्तीदेवी वुढाथोकी , कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंह , झापा गापा कृषि शाखा प्रमुख रिता वर्देवा , ईन्जिनियर प्रकाश विष्ट , राजकुमार कोच , कृषि उद्यमी चन्द्र बस्नेत , गौरींशकर राजवंशी , रघु टुडु , प्रतिदिन दैनिका पत्रकार वरतलाल राजवंशी , माधव पोखरेल , कुमार गणेशलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन रुपक राजवंशीले गरेका थिए भने स्वागत मन्तव्य माधव पोखरेलले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्