इलाम असार ३१ । हिजो साँझ मोटरसाइकल दुर्घटनामा परी माङसेबुङ वडा नं. ४ का वडा सदस्य धनबहादुर राईको मृत्यु भएको छ ।

घर फर्कने क्रममा दमक– रवि सडकखण्डको रतुवा पुलनजिक मोटरसाइकल दुर्घटना हुँदा राईको मृत्यु भएको हो ।
मे ८ प ६०४ नम्बरको मोटरसाइकलमा घर फर्कदै गरेका राई मोटरसाइकलसँगै सडकबाट एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनालगत्तै उनलाई बिएण्डसी हस्पिटल बिर्तामोडमा उपचारका लागि लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्