कुमरखोद , असार ३१ । झापा गाउँपालिका वडा १ लसुनावाट ट्याक्ट्ररको पार्टपुर्जा चोरेको आरोपमा एकजना युवक पक्राउ परेका छन् ।

पक्राउ पर्ने युवक भारत किशनगंज जिल्ला लक्ष्मीपुर गाउँ बस्ने २० वर्षिय समिम अख्तर रहेका छन् । ट्याक्ट्रर धनी जेवरप्रसाद गणेशको ट्याक्ट्ररवाट पटकपटक पार्टपूर्जा हराउन थालेपछि गणेशले चोरले बिक्री गरेको ठाउँ पत्ता लगाउन सफल भएका थिए । ट्याक्ट्रर धनी गणेशले पसलेसँग समन्वय गरेर यदि कसैले ट्याक्ट्ररको पार्टपूर्जा बिक्री गर्न आयो भने फोटो खिचेर राख्नु भनी अनुरोध गरेका थिए । त्यहीँ फोटोको आधारमा आज आफ्नो घरनजिकै रहेको रक्सी पसलवाट दिउँसो ती व्यक्तिलाई पक्राउ गरी कुमरखोद ईलाका प्रहरी कार्यालयमा बुझाएको गणेशले बताएका छन् । पक्राउ पर्ने युवक आफूले पटकपटक गणेशको ट्याक्ट्ररको पाटपूर्जा चोरी गरेको कुरा स्वीकार गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्