बिर्तामोड, साउन १ । जनआन्दोलन साप्ताहिकका प्रकाशक यज्ञप्रसाद पाठकले एकलाखको अक्षयकोष स्थापना गरेका छन् ।

नेपाल प्रेस युनियन झापाका केन्द्रीय पार्षदसमेत रहेका यज्ञप्रसाद र सकुन्तला पाठकले उनीहरुका दिवंगत मातापिता टंकप्रसाद र रमादेवी पाठकका नाममा १ लाख रकम बराबरको टंकप्रसाद–रमादेवी पाठक स्मृति पत्रकार पुरस्कार अक्षयकोषको स्थापना गरेका हुन् ।
नेपाल प्रेस युनियन मातहतमा रहने गरी आफ्ना दिवंगत आमा बुबाका नाममा स्थापित अक्षयकोषको रकम शुक्रबारै युनियनका अध्यक्ष इन्दु पूर्वेली, निवर्तमान अध्यक्ष कृष्ण हुमागाँई, सल्लाहकार राजेन्द्र गौतमसहितको टोलीलाई संयुक्तरुपमा हस्तान्तरण गरेका छन् । युनियनका अध्यक्ष इन्दु पूर्वेलीको अध्यक्षतामा बसेको कार्यसमिति तथा सल्लाहकार र पार्षदसहितको बैठकले उक्त कोष सञ्चालन सम्बन्धी कार्यविधि पारित गरेको सचिव डिल्लीराम घोर्साईँले जानकारी दिए ।