झापा , साउन १ । झापामा पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु हुनुका साथै १४९ जना संक्रमित भएका छन् ।
मेचीनगरका ६० वर्षिय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको हो । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या झापामा ३९२ पुगेको छ । पछिल्लो चौबीस घण्टामा दमकका ६८ जनासहित झापामा १४९ जनामा संक्रमण पुष्टि भएको हो । दमकका संक्रमितमा ३५ महिला र ३३ पुरुष छन् ।
त्यस्तै बिर्तामोडमा ८ महिलासहित २३ जना , गौरादहमा ३ पुरुष , मेचीनगरमा ६ पुरुष , भद्रपुरमा ५ महिलासहित १० जना , कनकाईमा ४ महिलासहित ९ जना ,अर्जुनधारामा ६ महिलासहित ८ जना, बुद्धशान्तिमा २ महिलासहित ३ जना , कचनकवलमा एक पुरुष , कमलमा एक महिलासहित ३ जना , शिवसताक्षीमा ६ महिलासहित ११ जना र झापा गाउँपालिकामा २ महिलासहित ४ जना संक्रमित भएका छन् । योसँगै झापामा कूल संक्रमितको सँख्या १८ हजार ५७८ पुगेको छ । त्यसमध्ये १३ हजार ६९२ डिस्चार्ज भएका छन् । झापामा २ हजार २२५ जना सक्रिय संक्रमित विभिन्न आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।




