हल्दिवारी, साउन २ । हल्दिवारी गाउँपालिकाका उद्योगी व्यवसायीहरुको हकहितमा काम गर्नेगरी छाता संगठन उद्योग वाणिज्य संघ हल्दिवारी गठन भएको छ ।

युवा व्यवसायी सुमन मैनालीको अध्यक्षतामा सो संघ गठन भएको हो ।
शनिबार बसेको उद्योगी व्यवसायीहरुको भेलाले ९ सदस्यीय तदर्थ समिति गठन गरेको हो । समितिको सदस्यहरुमा कृष्णप्रसाद प्रसाईं ,महेशलाल मेचे ,सत्येन्द्रकुमार कर्ण ,कुमार कार्की ,निरज दाहाल ,सुनिल बाह्रकोटी ,खड्ग लावती र नेत्रबिक्रम बिमली रहेका छन् ।
हल्दिवारी गाउँपालिकाभित्र २० भन्द बढी ठूला उद्योग संचालित छन् भने करिव ७ सयको हाराहारीमा यहाँ व्यवसाय गरेर बस्ने व्यवसायीहरु रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्