झापा , साउन ३ । सोह्र बर्ष ८ महिना कैद सजाय तोकिएका कर्तब्य ज्यान मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाण्डौ बुढानिलकण्ठ वडा नं. ४ बस्ने १९ वर्षिय पासीकोट गुरुङ रहेका छन् ।
चितवन जिल्ला अदालतको २०७७ मंसि १२ गतेको फैसला अनुसार कर्तव्य ज्यान मुद्धा कसूरमा १६ वर्ष ८ महिना कैद , ५लाख जरिवाना र पीडित राहत कोषमा २ हजार ८ सय रुपैयाँ क्षतिपूर्ति दाखिला गर्नुपर्ने सुनाइएको थियो । हालसम्म फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले सुनसरीको तरहराबाट पक्राउ गरी झापा जिल्ला अदालतमा उपस्थित गराएको छ । अदालतको आदेशले कारागार चलान गरिने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।