कुमरखोद , साउन ४ । मलद्वारमा ब्राउनसुगर लुकाएर ल्याउँदै गर्दा झापा गाउँपालिकामा दुईजना पक्राउ परेका छन ।

विशेष सूचनाका आधारमा टाँघनडुब्बाका सशस्त्र प्रहरी विओपी निरीक्षक सचिन प्रधानको नेतृत्वमा खटिएको टोलीले हिजो साँझ उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा झापा गापा वडा नं ६ शरणामतीका ३६ वर्षिय कमनसिंह लिंखा र वडा नं ७ मदरगाछका ४० वर्षिय मिलन राई रहेका छन् ।प्रदेश नं १–०१–०१४ प ४०७० नं मोटरसाइकलमा आउँदै गर्दा शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट ३.५ ग्राम ब्राउनसुगर बरामद भएको जनाइएको छ ।
कुमरखोद ईलाका प्रहरी कार्यालयका प्रमुख नारायण प्रधानले पक्राउ परेका ती व्यक्तिहरुलाई आवश्यक कारवाही लागी हिजो राति नै जिल्ला प्रहरी कार्यालय पठाइसकेको जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्